झापामा एक व्यक्तिको हत्या
झापा | भदौ २६, २०८२
सांकेतिक तस्वीर
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग मोहमदले भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । मोहमदको हत्या गरेपछि ज्ञवालीले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

